भिस्वा नाका तस्करीको अखडाबीरगञ्ज । पर्सा जिल्लामा पर्ने छिपहरमाई गाउँपालिकाको भिस्वा नाका अहिले तस्करीको अखडा बनेको छ। बिओपी बन्जारी अन्तर्गत रहेका भिस्वा, चेरगांहा, बुडगाई, मिर्जापुर, जयमंगलापुर, भेडिहर्वा लगायतकाे नाका भएर रातिकाे समयमा तस्करी भइरहेकाे छ । साे नाका भएर मटर, मरिच, तेल, कपडा, स्पेयर पार्टस, मदिरा, प्रतिबन्धित औषधी लागयतकाे सामग्री तस्करी हुने गरेकाे छ । भिस्वा नाकामा नेपालबाट चाईनीज स्याउ , कवाड, युनिलिवरको सेम्पू , क्लोजअप पेस्ट, फेयर एण्ड लब्ली क्रीम जस्ता कस्टमेटिक समान, मरिच, सुपारी र केराउ ,मदिरा र मटरदाल लगायतको ठुलो तस्करीको लाईन दिएको खुलासा भएको हो ।त्यस्तै इन्डियाबाट किराना आईटम, हाडवेयर ,मेशिनरी पार्ट्स, इलेक्ट्रोनिक्स सामान, मोटसपार्टस ,हुण्डी करोबार, प्रतिबन्धित लागुऔषध, कपडा, चौपाया र पंछीजन्य बस्तु लगायतको अवैध आयात पनि उत्तिकै छ । भिस्वामा तस्करी गोदाम दशगजा क्षेत्र नजिक नै रहेको र रात पर्नासाथ अर्थात रातको दश बजेदेखि बिहान चार बजेसम्म तस्करीका सामान प्रहरीले लाईन दिएपश्चात कटाई दिने गरेको स्रोतले बतायो । प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा घोषित रुपमा नै तस्करी भईरहेको दावी सो समाचार स्रोतको छ । नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ तर तस्करी भन्ने उनीहरुकै अगाडिबाट हुन्छ भने यसको जिम्मा कस्ले लिने ? प्रश्न गम्भीर भएर खडा भएको छ ।सीमा सुरक्षाको जिम्मा पाएको नेपालस्थित सशस्त्र प्रहरीलाई नै आर्थिक प्रभावमा पारेर यतिबेला तस्करी मौलाएको छ ।सशस्त्र प्रहरीको बीओपीले सीमा सुरक्षा भन्दा पनि तस्करहरुसँग मिलेर कमाउ धन्दा सुरु गरेको यहाँ आउने जोकोहीले देख्न सकिन्छ ।भिस्वा बीओपीका प्रहरी भने तस्करहरुको समानलाई स्कटीङ गरी सुरक्षित रुपमा बोर्डर कटाउनेसम्मको काम भैरहेको छ । सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानी तथा निर्देशनमा तस्करी मौलाएको छिपहरमाई गाउँपालिकाका एकजना स्थानीयले बताए । सीमा सुरक्षामा खटेका सशस्त्र प्रहरीले चाहने हो भने कुनै पनि बस्तुको तस्करी सम्भव नहुने उनले दावी गरेका छन् ।मुलुकका सीमा नाकाबाट हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको अर्थतन्त्र बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा सशस्त्र प्रहरी संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी आफ्नो बर्दीलाई कमाईखाने भाडो बनाउने गरिएको छ ।