Sunday, April 20, 2025

कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीको राम्रो ब्याटिङमा नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतलाई २ सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८।२ ओभरमा २ सय ३० रनमा अल आउट भयो ।

ताजा / भरखरै प्राप्त

नेपालका लागि आसिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले । ९७ बल खलेका उनले ८ चौका प्रहार गरे । योसँगै आसिफ नेपालका लागि भारतकाविरुद्धमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी भएका छन् ।

यस्तै नेपालका लागि सोमपाल कामीले ४८ रनको योगदान गरे । सोमपालले ५६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २९ रन जोडे ।

नेपालका गुलशन झाले २९ रन बनाउँदा भिम सार्कीले ७ रन बनाए । भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान तीन तीन विकेट लिए ।

त्यस्तै मोहमद श्वामी र हार्दीक पाड्याले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । यता भारतको लक्ष्य पनि सोही हुनेछ ।

क्रिकेट

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles