Sunday, April 20, 2025

पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एसिया कपको आफनो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट संघ (क्यान)लाई बधाई दिएकी छन् ।

ताजा / भरखरै प्राप्त

पाकिस्तान र श्रीलङ्कामा भएको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विश्व वरियतामा शीर्ष स्थानमा रहेका पाकिस्तान र भारतजस्ता बलिया टोलीसँग उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्व क्रिकेटप्रेमीको मन जित्न सफल भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले बधाई दिएकी हुन् ।

उनले यस किसिमको उत्कृष्ट खेल प्रदर्शनले नेपालको क्रिकेट खेलको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्दै क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सकेमात्र क्रिकेट खेलले थप व्यावसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाले क्रिकेटलगायत समग्र नेपाली खेलकुदको विकासमा थप लगानी गर्न आवश्यक रहेको बताइन् । । एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तान र भारतसँग पराजित भएपनि नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाली टिमको प्रशंसा भइरहेको छ ।

यस्तै, भण्डारीले मलेसियामा जारी आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली महिला टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेकामा बधाई दिनुहुँदै थप सफलताको कामना गरेकी छन् ।

उक्त प्रतियोगितामा नेपाल लगातार चौथो जित निकाल्दै सेमिफाइनल पुगेको छ । उक्त प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपालले कतारलाई नौ विकेट, घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ ।
क्रिकेट

Previous article
भिश्वाबाट तस्करी गर्न लागेको सामान बरामदबिरगंज । पर्साकाे भिश्वा नाकाबाट व्यापक मात्रामा तस्करी भैरहेको छ । यहाँको तस्करीकाे बारेमा नवजनप्रहार साप्ताहिकले बारम्बार समाचार प्रकाशित गरिरहेकाे छ । भारतीय नागरिक पप्पुलाई तस्करीकाे लाइन दिइएको छ । हिजो साेमबार राति भारत तर्फ तस्करी गर्न लागिएको अवस्थामा झण्डै ६ लाख बराबरको सामान नेपाल प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीकाे भिश्वाकाे सई र बि.ओ.पी.का प्रहरी निरीक्षक लाई मिलाएर तस्करी गर्न लागिएको सामान नेपाल प्रहरीकाे प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरीले सुचना आएपछि उनीहरूले इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरीक्षकलाई जानकारी गराएपछि पाेखरियाकाे टाेलीले उक्त सामान बरामद गरेको हो । भिश्वा बजारको लागि भनेर बिरगंजबाट कुशवाहले सामान लैजाने र भिश्वा लगेपछि भारतीय नागरिक पप्पुले उक्त सामानको तस्करी गर्दै आइरहेका छन् । तस्करी गराउन सशस्त्र प्रहरीले लाइन दिएको समेत स्थानीय व्यवसायी बताउँछन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles