मंगलबार बिहान राजदूत शर्माले समाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा गएको बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो ।तर,भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन । द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गर्नुभएको थियो ।
