पर्सा ,२१ भदौ ।
बिरगंज महानगरपालिका वार्ड न.२ को तत्कालीन(पुर्व) कार्यकारी वडा अध्यक्ष खलिल अन्सारीले सिमा देबी पासीको पति भोला पासीको मृत्यु दर्ता प्रमाणपत्र बनाउन १० लाख खर्च लिएको खबर केहि संचार मिडियामा प्रकाशित भएको थियो!
सो सम्बन्धमा निज सिमा देबी पासी संग बुझ्न् खोज्दा ” मैले खर्च दिएको छैन गलत प्रचारप्रसार गरिएको छ, मेरो चरीत्र हत्या गर्न खोजिएको प्रतिक्रिया दिएकी छिन् ।
पुर्व कार्यकारी वडा अध्यक्ष खलिल अन्सारीसंग प्रतिक्रिया लिदा ” मैले नियमानुसार गरेको छु , एक पैसा खाएको छैन प्रमाणित भएमा कानुन बमोजिम सजायको भागिदार हुनेछु” बताएका छन् ।
स्थानीय समाजसेवी समसाद अलिले “मेरो असल छिमेकीको नाताले मैले सकेसम्म सहयोग गरेको बताएका छन् तर केहिले मेरो चरीत्र हत्या गरेको गुनासो गरेका छन् “।
