Saturday, August 16, 2025

२२ भदाै २०८० आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि.सं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

ताजा / भरखरै प्राप्त

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज बिहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।

निजामती सेवा दिवस

Previous article
Next article
भोजपुरको टक्सार बजारमा युवाहरुबीच खुकुरी हानाहान, २ जना घाइतेभोजपुर । भोजपु्रको टक्सार बजारमा खुकुरी प्रहार भएको छ । कृष्णजन्माष्टमी मेला भर्न गएका भोजपुर नगरपालिका – ६ देउराली र नगरपालिका–१२ टक्सारका युवाहरुबीच झगडा हुँदा खुकरी प्रहारबाट दुई जना घाइते भएका छन् ।घाईते हुनेमा भोजपुर नगरपालिका–९ का वर्ष २६ को अमुल राई र सोहि ठाउँ बस्ने वर्ष २८ का अनिल राई रहेका छन् ।घाइते दुई जनालाई खुकुरीको टुप्पोले पछाडी ढाडमा लागेर समान्य चोट लागेको बताइएको छ । घाइतेहरुको हाल जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।देउराली र टक्सारका युवाहरुबीच पहिला सामाजिक सञ्जालमा भनाभन भएको र त्यसलाई नै लिएर मेलामा झगडा भएको जनाइएको छ । झगडामा संलग्न रहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles