चाडबाडलाई दृष्टिगत गरी दैनिक आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्याउन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । एक साता अघि उद्योग मन्त्रालयलमा मन्त्री रमेश रिजाल र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिबिच कोटा बढाउने सहमति गरेको थियो । कोटा बढाउनकै लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्र पठाएको हो ।
राष्ट्र बैंकले सुन आयातको जिम्मा वाणिज्य बैंकहरूलाई दिएको छ । वाणिज्य बैंकले दिनको १० किलो सुन आयात गर्दै आएका छन् । वाणिज्य बैकहरूले थप १० किलो सुन आयातका लागि राष्ट्र बैंकले सर्कुलर जारी गर्नुपर्छ । त्यसका लागि राष्ट्र बैंकमा पत्र पठाएको हो । सुनको आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्याएपछि बजारको माग धान्न केहि सहज हुने व्यवसायीको भनाइ छ ।
यता, व्यवसायीले सुनको आयात कोटा बढाउन माग गरिरहँदा बैंकमा हरेक महिना सुन थुप्रिएको छ । वाणिज्य बैंकमा सुन थुप्रिएपछि गत आर्थिक वर्षको चैत र असारमा सुन आयात नै नभएको नेपाल बैंकर संघको भनाइ छ ।
सुन आयात
