Monday, April 21, 2025

बिलबिजक भन्दा बढी कपडा तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिईएको पर्सा प्रहरीले जनाएको छ:

ताजा / भरखरै प्राप्त

प्रहरीका अनुसार आइतबार राति १०:३० बजेको समयमा बिल विजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको छ विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा भे.१ ख ३१९४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको लत्ताकपडा तथा खुद्रा सामानहरूको रू.७५ लाख ९२हजार ७ सय २४ चौबीस बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा प्रहरीद्वारा भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles