सोमबार ललितपुरमा तेजाव आक्रमण विरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।
ओलीले सरकार नै तस्करीमा संलग्न भइ कमिसनखोरीमा डुवे जनताको समस्या नदेख्ने जिकिर गरे । उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिड्दा पनि सरकारले कुनै चासो नलिदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए ।
उनले समाजमा हिंसा त्रास फैलाउन कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने धम्की दिनु आंतककारी क्रियाकलाप भएको बताए । ओलीले तेजाव आक्रमणको कानून लागू गर्न नदिने प्रयास गरेपनि आफ्नो नेतृत्वको सरकारले यसबिरुद्ध कडा कानून बनाएको दावी गरे । उनले तेजाव आक्रमण विरुद्धको कानूनलाई कडा रुपमा कार्यान्वयन नगरेसम्म यस्ता घटनामा कमि आउन नसक्ने जिकिर गरे ।
कार्यक्रममा एसिड जलन पीडित एवं रास्वपा सांसद विन्दबासिनी कंसाकारले तेजाव आक्रमण विरुद्धको कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफुले सदनबाट सक्दो भूमिका निर्वाह गर्ने बताए ।
त्यस्तै एसिड जलन पीडित मुस्कान खातुनले एसिड पीडितलाई समाजमा निकै समस्या हुने गरेको भन्दै यसबिरुद्ध जनचेतना फैलाउनुपर्ने बताए । उनले आफूहरूको पीडा तत्कालीन सरकारले बुझेको र आवश्यक कानुन ल्याएको भन्दै धन्यवाद दिए ।
तेजाब आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्ष भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने गरिन्छ ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
महोत्वको दोस्रो दिन पनि सानेपामा उल्लास: विभिन्न सत्रमा बहस, बीपीसँग सेल्फी खिच्नेको भीड
महोत्वको दोस्रो दिन पनि सानेपामा उल्लास: विभिन्न सत्रमा बहस, बीपीसँग सेल्फी खिच्नेको भीड
भदौ २५, २०८० सोमबार
जीवनभर लोकतन्त्रको लडाइमा लागेका पार्टी रक्षात्मक हुने अवस्था उल्टाउन इँटको जवाफ पत्थरले दिनुपर्छः प्रचण्ड
जीवनभर लोकतन्त्रको लडाइमा लागेका पार्टी रक्षात्मक हुने अवस्था उल्टाउन इँटको जवाफ पत्थरले दिनुपर्छः प्रचण्ड
भदौ २५, २०८० सोमबार
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रसंघीय महासभामा नजान कांग्रेस नेता खड्काकाे सुझाव
प्रधानमन्त्री प्रचण्डलाई