Monday, April 21, 2025

मोहम्मद हबिब

ताजा / भरखरै प्राप्त

१४ असोज, भैरहवा । स्थलमार्ग भई नेपालतर्फ आउने पर्यटक र भारतीय गाडीलाई सुरक्षाकर्मीहरूले चेकजाँचको नाममा दुख दिने गरेको व्यवसायीहरूले गुनासो गरेका छन ।​​​​​​​ उनीहरू ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४-५ ठाँउको चेकिङ पास गरेर मात्रै भैरहवा छोड्ने गरेपछि उनीहरू हैरान भएका हुन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन कार्यक्रममा बोल्दै पर्यटन सम्बद्ध अधिकांश व्यवसायीको माग नै अन्य पर्यटक जस्तै भारतीय पर्यटकलाई व्यवहार गर्नु पर्ने बताए । सिमाबाट प्रवेश गर्नासाथ इलाका प्रहरी कार्यालय, भन्सारमा खटिएको कर्मचारी र सुरक्षाकर्मी, बाइपास, डण्डामाम सशस्त्र र ट्राफिक प्रहरी कार्यालय अगाडीको चेक पोस्टमा भारतिय गाडीलाई रोकेर मात्रै भैरहवाबाट बाहिरिन दिइएको छ । यी त नियमित चेकजाँच हुन, यसका साथै यो ५ किलोमिटरको दुरीमा अस्थायी चेकजाँचको टोलीले पनि गाडी रोक्ने गरेको उनीहरूको भनाई छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले नेपालमा आउने भारतीय पर्यटकले बढी खर्च गर्ने भए पनि सीमित रकम मात्र ल्याउन पाउने प्रावधानले पर्यटन क्षेत्रमा असर पुगेको बताए । चेकजाँचको नाममा पाइला पिच्छे दुख दिनु र भारु २५ हजार रुपैयाँ भन्दा बढी ल्याउन नदिदाँ अहिलेको यस क्षेत्रको पर्यटनको मुख्य आधार भारतीय पर्यटकको आउने क्रममा कमी भएको छ ।

कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेले प्रहरी प्रशासन र होटल व्यवसायी बीच मित्रवत सम्बन्ध भए मात्र पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए । अध्यक्ष चुकेले समय सापेक्ष व्यवसायीहरू पनि व्यवसायिक हुनुपर्ने, होटल व्यवसायीहरूका समस्या समाधानमा सरकारले प्राथमिकता दिनुपर्ने र पर्यटनको पहिलो आधार होटल व्यवसायलाई सबै पक्षबाट संरक्षण गरिनु पर्ने बताए ।

होटलमा कार्यरत कर्मचारीलाई सरकारले तालिम दिनुपर्ने यसमा स्थानीय सरकारको पनि दायित्व छ । सरकारी भन्दा कयौँ गुण बढि निजी क्षेत्रको लगानी हुँदा पनि सरकार गम्भीर नभएकोले पर्यटन व्यवसायमा चुनौतीहरू थपिएको उनले बताए ।

होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले ‘भारतीय पर्यटकले नेपालमा आएर धेरै खर्च गर्ने भए पनि २५ हजार भारु मात्र बोकेर आउन पाउने नियमले उनीहरूले खर्च गर्न सकेका छैनन् । सीमा नाकामा भारतीय पर्यटकलाई सहजीकरण गर्नुको साटो दुःख दिनु गलत रहेको बताए ।

उनले राज्यको गलत नीतिका कारण होटल व्यवसाय धरापमा परेको बताउदै राज्यले पर्यटन व्यवसायका लागि ठोस कदम चाल्न नसक्दा कोरोना पछि अधिकांश होटलहरु बन्द भई कयौं मजदुरको रोजगारी खोसिएको बताए । अहिले विविध ति कारण नेपाली व्यवसायीहरु विदेश पलायन हुन बाध्यात्मक अवस्था आएको बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धभुमिमा बसेर अनैतिक काम गर्ने छुट कसैलाई नहुने् भन्दै मर्यादित व्यवसायको पक्षमा सबै एकमत हुनुपर्ने धारणा राखे । उनले होटल तथा रेष्टुरेण्ट व्यवसायका नाममा बाल श्रमलाई प्रोत्साहन तथा अवाञ्चित क्रियाकलाप गर्न नहुने बताए ।

उनले जायज कुराका लागि हातेमालो गर्ने बताए । उनले भने, ढुक्कका साथ शान्ति सुरक्षाका साथ व्यवसाय सञ्चालन गर्नुहोस् । कानुनभित्र रहेर व्यवसाय गर्ने व्यवसायीको पक्षमा प्रशासन सधै साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरे । आफ्नो व्यवसाय संचालन गर्ने कुनै पनि व्यवसायीले सामाजिक जिम्मेवारीलाई पनि विर्सिन नहुने प्रजिअ अर्यालले बताए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नीजि क्षेत्रका सवालमा सरकारी पक्ष गम्भिर बन्न नसक्दा अहिलेको अवस्था आएको बताए । गोरो छाला भएकालाई मात्र पर्यटक मान्नु गलत भएको बताए ।

उनले सबैभन्दा बढी खर्च गर्ने पर्यटक भनेकै भारतीय पर्यटक रहेको तर धेरै ठाउँमा चेकजाँचले पर्यटकले सास्ती खेप्नुपरेको बताए । सिद्धार्थनगरमा रात्रीकालिन बजारको अवधारणा गरिएपनि प्रशासनको असहयोगका कारण अगाडि बढ्न नसकेको उनको गुनासो थियो ।

लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले पर्यटक आएपछि पहिलो गन्तव्य होटल भएको बताइन् । उनले व्यवसायलाई मर्यादित बनाउन होटल व्यवसायीले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

पर्यटक

Previous article
सशस्त्र प्रहरीद्वारा १२० किलो गाँजा बरामदविराटनगर । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट १२० किलोग्राम गाँजा बरामद गरेको छ । गाँजासहित ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका १ चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट प्रहरीले उक्त परिमाणको लागुऔषध १२० किलोग्राम गाँजा बरामद गरेको हो । उक्त कार्यमा संलग्न ४ जना र संलग्नताको आशंकामा थप २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले उक्त गाँजा बरामद गरेको हो । भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाँजा फेला परेको हो । उक्त गाँजा भारत लैजाने तयारी रहेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत, अररिया बथनाहाका महमद सिराज (सवारी चालक), अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा नेपाली नागरिक सुनसरी देवानगञ्ज ५ का शिवम कुमार शाह रहेका छन् । यस्तै ओसारपसारमा संलग्न भएको आशंकामा भारत अररियाकै ओम प्रकाश रजक र सुनसरी देवानगंजका ओम प्रकाश शाह पनि पक्राउ परेका हुन् ।प्रहरीले निजहरुबाट लागुऔषध गाँजा बोकेको गाडीको स्कटिङमा प्रयोग भएको प्रदेश १–०२–०५० प ६३०४ नम्बरको रातो रंगको पल्सर मोटरसाईकल, नेपाली रुपैयाँ ८ हजार ५६० र भारतीय १ हजार ७४० रुपैयाँ, ६ थान मोवाइलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले बताएका छन् ।
Next article
गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमाप्रेमचन्द्र झाराैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो । वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबेे दाेषि नरहेको घटना बारे अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो। विहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बडिकाे संख्यामा रहेका दर्शक भागेका थिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles