Tuesday, July 1, 2025

कास्की प्रहरीको आक्रामक अभियान२२ मोटरसाइकल कारबाहीमा

ताजा / भरखरै प्राप्त

कास्की – स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्ध कास्की प्रहरीले आक्रामक अभियान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र कास्की ट्राफिक प्रहरीले संयुक्त रुपमा कारबाही अभियान चलाएका छन्।स्वरुप परिवर्तन गरेर ध्वनि प्रदूषण गरेको आरोपमा कास्की प्रहरीले २२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र कास्की ट्राफिकले संयुक्त रुपमा २२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइ कारबाही गरेका हुन्। आइतबार नियन्त्रणमा लिएको मोटरसाइल सार्वजनिक गर्दै यसबारे प्रहरीले जानकारी गराएको थियो।
स्वरुप परिवर्तन गरेर चर्को हर्न निकाल्दै कुदाएको पाइएपछि ती मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए।
हर्नको विषयमा स्थानीयबाट व्यापक जनगुनासो आएपछि अभियानकै रुपमा कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए। नियन्त्रणका लिइएको मोटरसाइकलको परिवर्तन गरिएको स्वरुप हटाइ अभिभावकको रोहबरमा जिम्मा लगाइएको छ। यस अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।

Previous article
Next article
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगित सुरू६८औं प्रहरी दिवस २०८० को अवसरमा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सुरु भएको छ ।नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले प्रतिष्ठानमा आइतबार आयोजित एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै हालै संचालन भइररहेको एसियन गेममा नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको शिर उच्च बनाएको उहाँले उल्लेख गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव उपरीक्षक रूकेश तण्डुकारले स्वागत तथा खेलकुद प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles