सशस्त्र प्रहरीद्धारा ठुलो परिमाणमा पटका बरामदपरासी । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट ठुलो परिमाणमा पटका बरामद गरेको छ । सशस्त्र प्रहरीको परासी स्थीत कमान्ड पोष्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो । भारतबाट महेसपुर भन्सार नाका हुदै भित्र्याईको पटका विक्रिका लागी लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिनुभयो । कमान्ड पोष्टका सशस्त्र प्रहरी निरिक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तिव्र गतिमा रहेको पिकअपलाई शंका लागी चेकजाँच गर्ने क्रममा पटका फेला परेको डिएसपि साउदले बताउनुभयो ।बरामद पटका प्रहरीले नष्ट गरेको छ भने पिकअप जिपलाई महेसपुर भन्सार कार्यालयमा बुझाईएको छ । सवारी चालक पाल्हीनन्दन ३ का सुनिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनि पछि भाग्न सफल भएका छन् । गुप्ताकै सुराकिको आधारमा महेसपुर बजार क्षेत्रको सम्भावित स्थानमा थप पटका रहेको आशंकामा छापा मार्न गएको प्रहरी टोली र स्थानिय बिच तनावको अवस्था सृजना भएपछि गुप्ता भाग्न सफल भएको प्रहरीले जनाएको छ । महेसपुरमा अवैध रुपमा पट्का भित्र्याएको सुचनाको आधारमा प्रहरीले छापा मार्ने कोसिस गरेपनि स्थानिय प्रहरी माथिनै जाईलागेपछि प्रहरी पछाडी हटेको थियो । पछि शसस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले थप खानतलासि गरेपनि कुनै समान फेला नपरेको बताईएको छ । चाडपर्व नजिकिए संगै भारतबाट पटका लुकाईछिपाई भित्र्याउने र विभिन्न शहरमा विक्रिका लागी लाने गरिएकाले प्रहरीले चेकजाँच बढाएको छ । शसस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर सिमावर्ती क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिनुभयो ।
Next articleअवाञ्छित गतिविधि रोक्न १२२ ठाउँमा सशस्त्र प्रहरीको सहायता कक्षकाठमाडौं । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका १२२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।भारततर्फको सीमावर्ती इलाकामा १२० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको स्थापना गरिएको छ । भारततर्फ ३० स्थानमा स्वास्थ्य कक्ष र चीनतर्फ तीन स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।प्रवक्ता खड्काका अनुसार दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपत्मा परेका नागरिकको उद्धारमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो ।चाडपर्व लक्षित सहायता कक्ष सुनसरीको पकलीस्थित बराह बाहिनी मुख्यालयअन्तर्गत २५, सप्तरीको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत दुई, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत दुई, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीअन्तर्गत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत एउटा र वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।महोत्तरी, रुपन्देही, सुनसरी, सप्तरी, कैलालीलगायत भारतसँगको सीमानाकामा स्वास्थ्य सहायता कक्ष पनि स्थापना भएका छन् । सहायता कक्ष र स्वास्थ्य सेवा कक्ष अन्य स्थानमा पनि स्थापना गर्न आवश्यक देखिए तदनुरुप हुने प्रवक्ता खड्काले बताए ।चाडपर्वको बेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाटजस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न सहायता कक्ष स्थापना गरिएका हुन् ।सीमानाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ । रासस