। सशस्त्र प्रहरी बल नेपालले शारिरीक रूपमा अंगभंग भएर अशक्त भएका दुई कर्मचारीको विशेष बढुवा सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक अरूण ढुंगानालाई प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा) लाई प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो ।जिम्मेवारी बहन गर्नेक्रममा शारीरिक रूपमा अंगभंग गरेका कर्मचारीहरूको वृत्ति विकासलाई मध्यनगर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ ।सोअन्तर्गत ढुंगाना र पण्डितलाई बढुवा सिफारिस गरिएको बताइएको छ । ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भई अंगभंग भएका अधिकृत हुन् ।
बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरू सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग अन्तर्गत रहने छन् । सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागू भएको बताइएको छ ।
