झापामा लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउझापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-९ का ३० वर्षीय मोहन टुडु, ३७ वर्षीय सोम मर्डी र ३२ वर्षीय अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका छन ।उनिहरुलाई झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो ।उनिहरलाई प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी झापाको गौरीगञ्ज गाउँपालिका-२ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-०१५ प ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक-५ का २५ वर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटर सहित नियन्त्रणमा लिएको हो ।लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको प्रदेश प्रहरी प्रमुख बास्तोलाले बताउनुभयो ।