Sunday, June 29, 2025

पूर्वराजाले सर्वसाधारणलाई टिका लगाइदिनेपूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो । आगामी कार्तिक ७ गते विजयादशमी रहेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
झापामा लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउझापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-९ का ३० वर्षीय मोहन टुडु, ३७ वर्षीय सोम मर्डी र ३२ वर्षीय अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका छन ।उनिहरुलाई झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो ।उनिहरलाई प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी झापाको गौरीगञ्ज गाउँपालिका-२ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-०१५ प ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक-५ का २५ वर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटर सहित नियन्त्रणमा लिएको हो ।लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको प्रदेश प्रहरी प्रमुख बास्तोलाले बताउनुभयो ।
Next article
यादवकाे लगानी , चाैलागाईकाे क्यारिङ१३ लाखको कपडा बरामदपरासी । पश्चिम नवलपरासीको सरावलमा भन्सार छली गरेर ल्याएको करिब १३ लाख बराबरको तयारी कपडा प्रहरीले बरामद गरेको छ । नेपाल भारत सीमावर्ती सरावल गाउँपालिका-७ बुलन्दपुरबाट कुर्ता-सरवाल, साडी, टप्सलगायत कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।बरामद भएको कपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।सरावलमा बरामद भएको कपडा व्यापारी राम प्रसाद यादवको भएको खुलेको छ। बिरगंज घर भएर चितवनको नारायणगढमा व्यापार गर्दै आएका राम प्रसाद यादवले आंफुले बेच्ने कपडा बर्दघाटका बिष्णु चाैलागाईलाई क्यारिङ गर्न दिदै आएका थिए। क्यारिङकाे नाममा स्थानीय प्रहरीलाई सेटिङ मिलाएर तस्करी धन्दा गर्दै आएका बिष्णु चापागाईंले यसपटक भने सेटिङ मिलाउन नसक्दा उनलेे ल्याएको कपडा बरामद भएको हो । इप्रका महेशपुरका प्रहरी निरीक्षकले उनको कपडा बरामद गरेका हुन । चाडपर्व नाजिकिएसँगै बजारमा नयाँ लत्ताकपडाको माग बढेपछि भन्सार छलेर भारतबाट समान भित्र्याउने क्रम बढेको छ ।भन्सार कार्यालयमा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर तिर्नुपर्ने भएपछि चोर नाकाबाट भन्सार छलेर सामान भित्रिरहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles