Monday, June 30, 2025

लागुऔषध कारोबार गरेको आरोपमा भक्तपुरबाट ४ जना पक्राउलागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमाार यादव र २९ वर्षीय जितेन्द्र्र कुमार रमन छन् ।असोज २३ मा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले भक्तपुर नगरपालिका–२ सानेब्यासीबाट बागमती प्रदेश–०२–०३४ प २३२५ नम्बरको स्कुटरमा सवार सुशान्तलाई पक्राउ गरेको थियो । सुशान्त सवार स्कुटरको डिकीमा नोर्फिन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र ६ थान सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।सुशान्तको बयानको आधारमा थप ४ जना पक्राउ परेका हुन् । आरोपीहरुबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
डीआईजी ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार :सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ ।प्रहरी प्रधान कार्यालयले गरेको अनुगमन तथा मूल्याङ्कनबाट सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट सिर्जनशील कार्य पुरस्कार प्रदान गरिएको हो ।डीआईजी ढकाललाई मंगलबार ६८ औँ प्रहरी स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरे ।कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेयता ढकालले ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ मार्फत घरघरमा ‘स्टिकर टाँस’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियान अन्तर्गत प्रदेशका सबै ३ लाख ६६ हजार हजार घरधुरीमा स्टिकर टाँस गरिएको प्रदेश प्रहरीको दावी छ ।
Next article
प्रहरीद्वारा पसलमा छापाकारागारको ११४ बोरा चामल बरामदरौतहट । रौतहटको सदरमुकाम गौर कारागारमा कैदी बन्दीको लागि आएको चामल पसलमा विक्री भएको देखिए पछि प्रहरीले छापा मारी ११४ बोरा चामल बरामद गरेको छ । कारागारमा बन्द जीवन बिताइरहेका कैदीको लागि आएको चामल स्थानीय एक पसलमा बिक्री भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट गएको टोलीले छापा मारी उक्त परिणामको चामल बरामद गरेको हो।कैदीहरूको लागि जनही प्रतिदिन ७०० ग्राम चामल र ८० रुपैयाँ नगद सरकारले दिँदै आएको छ। आइतबार घटस्थापना बिदाको मौका छोपी गौरको बरहवा पुल छेउको खाद्यान्न पसलमा कारागारका मुख्य चौकीदार मनोजकुमार बैठाले विक्री गरेको केही बेरमै प्रहरीले उक्त पसलमा छापा मारी ११४ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles