ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । काठमाडौंको गंगबु, कोटेश्वर, कलंकी लगाएतका स्थानमा समेत घर जाने यात्रुको भीड लागेको छ ।
सरकारले दशैंको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरू बाहिरिने अनुमान रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
ट्राफिक प्रहरी
