Monday, April 21, 2025

कात्तिक, १ गते – बुधबार नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रूपैयाँले बढेर १ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापाावाला सुन तोलामा १ लाख ११ हजार ९०० रूपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ११ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।

यसै गरी, बुधबार तोलामा ३५ रूपैयाँले बढेर चाँदी १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles