Monday, June 30, 2025

प्रधान सेनापति ट्रफी-२०८० मा :उपत्यका पृतना प्रथमकाठमाडाैँ । २०८० आश्‍विन १८ गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफी-२०८० खेलकुद प्रतियोगिता २०८० आश्‍विन ३० गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा समापन भएको छ ।तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरू समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दति बाहिनी र विशेष फौज बाहिनी गरी जम्मा १४ वटा टिमहरू सहभागी थिए । आज आयोजित समापन समारोहमा बलाध्यक्ष रथी सिताराम खड्काले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

ताजा / भरखरै प्राप्त

उक्त प्रतियोगितामा समग्रमा उपत्यका पृतना प्रथम, नं.१६ बाहिनी द्वितीय र मध्य पूर्वी पृतना तृतीय भएका छन् । यसैगरी गणतर्फ जगदल गण प्रथम, पुरानो गोरख गण द्वितीय र फष्टरैफल गण तृतीय भएका छन् ।
जंगी अड्डाको खेल मैदानमा सम्पन्‍न समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट प्रतियोगितामा प्रथम उपत्यका पृतना तथा गणहरू मध्य प्रथम जगदल गणलाई ट्रफी, प्रमाण-पत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएकाे थियाे ।

प्रधान सेनापति शर्माबाट हालै सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने नेपाली सेनाका एथलेटिक्स खेलाडी अमलदार दीपक अधिकारी तथा सुटिङ खेलाडी शिल्सा भण्डारी (रायमाझी) लाई प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरिएकाे थियाे ।

त्यसैगरी सोही प्रतियोगितामा कांस्य पदक प्राप्त गर्ने कबड्डी टिममा सहभागी नेपाली सेनाका खेलाडीहरु चार जना मध्ये हुद्दा मेनुका राजवंशी, सिपाही गंगा घिमिरे र सिपाही ईशा राईलाई पदोन्नति गरी पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुको साथै प्रधान सेनापति प्रशंसा निशान प्रदान गरियो ।

यसैगरी सोही खेलमा सहभागी सफाइकर्मी अनुजा कुलुङ्ग राईलाई प्रधान सेनापति प्रशंसा निशान तथा नगद रु.५० हजार प्रदान गरियो ।
सोही क्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका फिफा सहायक रेफ्री स्वर्गीय विक्रम चौधरीको परिवारलाई नगद रु. एकलाख तथा सम्मान पत्र प्रदान गरिएकाे थियाे ।
नेपाली सेनामा सेवारत रहेकै बखत दिवंगत भएका स्वर्गीय हुद्दा चौधरीका छोरा तथा छोरीलाई कल्याणकारी निर्देशनालयबाट सञ्चालित महाविद्यालयमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने व्यवस्था समेत गरिएको जानकारी दिइएकाे थियाे ।

त्यसैगरी, प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरुका साथै अतिरथि नीर शम्शेर ज.ब.रा. पुरस्कार कोषबाट पुरस्कृत खेलाडीहरुलाई पूर्व प्रधान सेनापतिहरु क्रमशः महारथी प्यारजंग थापा (अ.प्रा.),महारथी राजेन्द्र क्षत्री (अ.प्रा.), महारथी पूर्णचन्द्र थापा (अ.प्रा.) र बलाध्यक्ष रथी सिताराम खड्काबाट पुरस्कार प्रदान गरिएकाे थियाे ।
समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधान सेनापतिहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्‍न खेलकुद सङ्घका पदाधिकारीहरु, सैनिक श्रीमती सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू, सैनिक सहचारीहरू, सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles