‘आज १३ जना बोकेको तीव्र गतिको कारले चिक्कबल्लापुरमा रोकिराखेको ट्याङ्कर ट्रकलाई ठक्कर दिँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएका थिए । घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ प्रहरी अधिकारीले बताए ।
प्रहरीका अनुसार यात्रु बोकेको कार छिमेकी राज्य आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाबाट बैंगलोर गइरहेको थियो । कुहिराेका कारण बाटो स्पष्ट नदेखिएकाले सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
भारतमा हरेक वर्ष करिब पाँच लाख सडक दुर्घटनामा करिब १ लाख ५० मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन्। यद्यपि भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनामा हुने मृत्युलाई ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।
विदेश
