
पर्सा, ८ भद्रौ
तनहुँजिल्ला को आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी राज्यमन्त्री नेपाल आउने भएकी छन् ।
घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हो ।
शुक्रबार दिउँसो तनहुँ जिल्लाको आँबुखैरेनीबजारको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्ययु भएको थियो भने १६ जना घाइते भएका थिए ।
मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण हुँदैछ ।
घाइते भएका दुर्घटनामा १६ जनाको काठमाडौंमा उपचार भइरहेको छन् ।
मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेशका जलगाउँ जिल्लाका रहेको बुझिएको छ ।