Monday, April 21, 2025

जनताको काम बन्द बिरगंजका मेयर सिंह सिंगापुरमा ।

ताजा / भरखरै प्राप्त


पर्सा, ८ भद्रौ
पर्साका वीरगन्ज ।
कम्प्युटर अपरेटरले पारिश्रमिक नपाउँदा वीरगन्ज महानगरपालिका वडा नं। १५ मा सेवाहरु ठप्प भएको छ ।

वडा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरको पारिश्रमिक विगत केही महिनादेखि उपलब्ध नगराइएको कारण सेवाहरु प्रभावित भएको कार्यवाहक वडा अध्यक्ष दिपेन्द्र कुमार सोनारले सुचना जारी गरी जानकारी दिएका छन् ।

वीरगंज महानगरपालिकाले समयमा पारिश्रमिक उपलब्ध नगराउँदा, अनलाइन रसिद काट्ने र कम्प्युटर टाइप सम्बन्धी काम ठप्प भएको कार्यवाहक वडा अध्यक्ष सोनारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।।

कार्यलयको सेवा अवरुद्ध हुन गएपछि यसबाट सर्वसाधारणले पर्न गएको असुविधाका लागि क्षमा याचना गर्दै, अर्को वैकल्पिक व्यवस्था नभएसम्म वडा समिति कार्यालय बन्द रहने जानकारी दिइएको छ ।

कार्यवाहक वडा अध्यक्ष सोनारलेले जारी गरेको सूचनामा भनिएको छ,।

यस असुविधाका सम्बन्धमा गुनासो छ भने मेयर राजेशमान सिंह वा प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई समक्ष सम्पर्क गर्न अनुरोध
गरिन्छ ।

यता मेयर राजेशमान सिंह सिंगापुर गएको सन्दर्भमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि र भ्रमण दलमा चिकित्सक समेत सामेल भएको खबर मेयर सिंह नजीककाहरुले पत्रकारहरुलाई बताए पछि उनको स्वास्थ्य सम्बन्धी समाचार आएको
थियो ।

सिंगापुर गएको बारे नबताउने उनको सचिवालयले समाचार आएपछि खण्डन गर्दै व्यक्तिगत भ्रमणमा गएको बताएको छ ।

समाचार आएपछि हर्ष बढाई गर्दै मेयर सिंहले रील सार्वजनिक गर्दै सिंगापुर घुमी रहेको भिडियो सार्वजनिक गरेका थिए ।

यता तिर महानगरपालिकाको स्थिति दिनप्रती दिन दयनीय बन्दै गएको छ ।

यो खवर अंकुशमा छ ।
सम्बन्धित पोस्टहरू ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles