Sunday, June 29, 2025

सशस्त्र प्रहरीले श्रोत नखुलेको १५ लाखसहित दुईजना पक्राउ ।

ताजा / भरखरै प्राप्त

पर्सा, १० भद्रौ

महोत्तरी जिल्लाका
सशस्त्र प्रहरीले श्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जना हुन्डि तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय हाजिपुर नगर ठेगाना भएका ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार रहेका छन् ।

उनीहरूलाई आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल , नेपाल गुल्म जलेश्वरको बसपार्कबाट शसस्त्रको टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सशस्त्र प्रहरीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा उक्त कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेका उनीहरूमाथि आवश्‍यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयाको बारामा बुझाइएको छ।

जलसागर स्थित सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक एसपी विनोद केसीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles