पर्सा, १५ भद्रौ

कास्की प्रहरीले तामाको तार चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटन बस्ने २९ वर्षीय सुजन परियार, ३७ वर्षीय विकास खवास र २६ वर्षीय निशान दर्जी रहेका छन् ।
उनीहरूलाई जिल्ला अदालत कास्कीमा चोरी तथा डाँका सम्बन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको
बताइएको छ ।
उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेका छन् ।