
पर्सा, १७ भद्रौ
कलैया । बारा जिल्लाको तस्करीको प्रमुख नाका हो मटिअर्वा नाका ।
यहाँबाट ठूलो मात्रामा तस्करी धन्दा चल्दै आएको छ ।
नेपाली मात्रै नभएर भारतीय तस्करहरूले यो नाका प्रयोग गरेर ठूलो तस्करी धन्दा चलाई रहेका छन् ।
यो नाकाबाट नेपाल प्रहरीको मटिअर्वा स्थित सशस्त्र प्रहरीका गुल्मा छ गुल्ममा बस्ने डिएसपी छन् डिएसपी र प्रहरी चौकीको सेटिङ र संरक्षणमा ठूलो मात्रामा कवाडी र जुत्ता तथा कपडाको तस्करी धन्दा चलेका छन् ।
प्रहरीले भारतीय नागरिक मोजामिललाई तस्करीको लाइन दिएका छन् ।
नेपाल प्रहरीको मटिअर्वा चौकी र सशस्त्र प्रहरी बलको स्थानीय बिओपीको साथ र सहयोगमा भारतीय नागरिक मोजामिलले नेपालबाट ठूलो मात्रामा कवाडी र भारतबाट जुत्ता तथा कपडाको तस्करी धन्दा गर्दै आइरहेका छन् ।
पछिल्लो दुई सातादेखि पहिले भन्दा ठूलो मात्रामा तस्करी धन्दा शुरू भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाखौंको नजराना दिने गरि मोजामिलले तस्करीको सेटिङ मिलाएको समेत
खुलेको छ ।
बारा जिल्लाको विभिन्न नाकाबाट तस्करी विश्रामपुर गाउँपालिकाको मुसहर्वा, बलिरामपुर नाकाबाट सुरक्षाकर्मिको सेटिङ्गगमा तस्करी फस्टाएका छन् ।
उक्त नाका भएर भारतबाट नेपाल तर्फ मोटर साइकल र साईकलमा ल्याएर नै तस्करी गराउने कार्य सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा र सेटिङ्गगमा तस्करी सुरु भएका छन्
स्थानीयहरूले बताउँछन् ।
बाराका प्रहरीहरूलाई मोटो रकम दिइ प्रहरीकै संरक्षणमा महिनौ देखि सो नाकाबाट मोटरसाइकल र साइकलको माध्यमबाट
बोरामा राखेर कपडा, जुत्ता, चपल, काजु र किसमिसको समेत तस्करी फस्टाएको स्थानियहरु प्रत्यक्षदशीहरुले जानकारी गराएको छन् ।
सशस्त्र प्रहरी बल बेश प्रहरी चौकि छतवा बरैनिया, प्रहरी चौकि।बलिरामपुरको मिलोमतोमा ठूलो मात्रामा चाईनीज युनिलिभरको फेयर एण्ड डाबर क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा जुटको बोराको ठूलो मात्रामा समेत तस्करी भइरहेको छ ।
मुसहर्वा नाकाका सशस्त्र प्रहरी बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य र सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी सुरु भएको भएको छ ।
त्यस्तै काजुको लाईन पाउनेमा संदेश कुशुवाह,
इब्राहिम अंसारी,
अनिल साह,
गजनन्द र संदिप वर्णवाल रहेका छन् ।
नाम नछाप्ने शर्तमा तस्करी गर्ने एक तस्करले बताएका छन् ।
उक्त नाकाबाट राती मात्र नभई दिनमा पनि २१ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जो कोहीले पनि देख्ने गरेका छन् ।
बारा जिल्लाको बिभिन्ना नाकामा बस्ने डिएसपी गुल्ममा पति र बिओपिहरू छन् । तर
तस्करी हुने नाकाहरू
बि।औ।पि। गोलागंज,
बि।औ।पि।बेलदारी,
सशस्त्रका गुल्म गुुल्मामा बस्ने डिएसपी पिपरपाती,
सशस्त्रका डिएसपी बस्ने मटिअर्वा ,
सशस्त्रका बेस कचोरवा ।
सशस्त्रका बिओपि मुस्हरवा
ई नाकाहरूहुदै तस्करी फस्टाएपनि माथिल्लो निकायको मौनता नै किन
सशस्त्र प्रहरी प्रमुखको इमान्दारीता माथि प्रश्न चिन्ह खडा गरेको छ ।
सशस्त्र प्रहरीको कमाण्डरहरुको माध्यमले माथिल्लो निकायमा नजराना पुग्न थालेपछि माथिल्लो निकाय मौन किन छन् ।
बुझ्न सकिन्छ ।