Tuesday, April 22, 2025

आज भाद्र कृष्ण औंसी, बुबाको मुख हेर्ने दिन:

ताजा / भरखरै प्राप्त

पर्सा, १७ भद्रौ

यस्तो छ शास्त्रीय मान्यता
आज भाद्र कृष्ण औंसी बुबाको मुख हेर्ने दिन ।

आजको दिन नेपाल देशभित्र र बाहिर नेपालीहरु रहेका स्थानमा पितालाई विशेष सम्मान गरी यो पर्व मनाइने गरिन्छ ।

पितृदेवो भवः’
अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्ने चलन रहेको छ ।

आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन रहेको छ ।
पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर-पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ ।

यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

भाद्र कृष्ण औंसी अर्थात आजकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ ।

आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles