Monday, April 21, 2025

मिडियाका नाममा अराजकता नमच्चाउन काउन्सिलका अध्यक्ष बस्नेतको अपिल ।

ताजा / भरखरै प्राप्त

पर्सा, २२ भद्रौ

इसीमाना सम्वाददाता

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन।

गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्यूब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेको र कारबाही गर्दै आएको बनेतले जानकारी दिए ।

समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारबाहीमा परिरहेका छन्”,
बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भने ।

उनले योजनाबद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले त्यस्ता पत्रकारको परिचयपत्र खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको बताए ।

“युट्यूब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौँ भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ ।

त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो ।
यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ”,
उउनले भने ।

प्रेस काउन्सिलले युट्यूब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाई वर्गीकरण गरेको छ । बिनादर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैरजिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ ।

पछिल्लो तीन महिनायता ४९ विभिन्न युट्यूब च्यानल काउन्सिलको कारबाहीमा परेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles