Friday, January 17, 2025

राप्रपा नेपालका जनबर्गिय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ ।

ताजा / भरखरै प्राप्त

दिउँसो २ः०० बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उनले बताए ।

Previous article
Next article
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अत्यावश्यकीय खाद्यवस्तुमा भन्सार कर लगाएको छ । तर, स्वदेशी उत्पादनमा आत्मनिर्भर नहुँदै हचुवाको भरमा भन्सार कर लगाउँदा उपभोक्ता मारमा परेका छन् ।बजेटले खाद्यवस्तु आयातमा मूल्य अभिवृद्धि कर लगाएसँगै व्यवसायीहरुले आलु, प्याज लगायतका खाद्य वस्तुहरुको आयात बन्द गरेका छन् । जसका कारण बजारमा प्याजको अभाव भएको छ भने, आलूमा भारी मुल्यवृद्धि भएको छ ।आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले तरकारी तथा फलफूल लगाएकतका वस्तुुको आयातमा कर लगाउने निर्णय गरेको छ ।यसको प्रत्यक्ष असर आम जनताको भान्सामा पर्ने देखिन्छ । सरकारले स्वदेशमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दै कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बनायो ।त्यसको असर ठीक उल्टो देखिएको छ । विचौलियाहरुको दबाब र प्रभावतमा व्यवसायीहरुले उक्त बस्तुको आयात नै रोकेका छन् ।दैनिक ८० देखि एक सय टनसम्म भित्रिने गरेको प्याज आयात जेठ १८ देखि ठप्प भएको छ । जसका कारण काठमाडौं कालीमाटी तरकारी तथा फलफुल बजारमा जेठ २३ देखि नै अभाव सिर्जना भएको छ ।कालीमाटीमा जेठ १५ सम्म प्रतिकिलो ३२ रुपैयाँ रहेको आलु जेठ २४ मा ३८ रुपैयाँ प्रतिकिलो रहेको छ । यो मुल्य बढेर प्रतिकिलो ४६ देखि ४८ रुपैयाँसम्म पुग्ने व्यवसायीहरु बताउँछन् ।सरकारले भ्याट नहटाएसम्म आयात नगर्ने अडानमा रहेका व्यवसायीहरुले उपत्यकामा स्वदेशमै उत्पादित आलू विक्री भइरहेको भएपनि तीनचार दिनमा नै सकिने बताएका छन् ।हाल कालीमाटी तरकारी बजारमा स्टक आलु ५० टन मात्र रहेको छ । जबकी, भारतबाट दैनिक एक सयदेखि एक सय पचास टनसम्म आलु आयात हुने गरेको थियो ।भारतबाट आयात गरेर नेपालको झन्डै ९७ प्रतिशत प्याज र ६० प्रतिशत आलुको माग पुर्ती गर्ने गरिएको छ । तर, सरकारले यी कुनैपनि कुराको ख्याल नगर्दा बजारमा प्याज अभाव भएको कालीमाटी तरकारी तथा फलफुल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउछन् ।सरकारको यो नीतिलाई उपभोक्ता अधिकारकर्मीहरुले अदुरदर्शी तथा अवैज्ञानिक भनेका छन् । सरकार र कालो बजारीमा होमिएका व्यवसायीबीचको चलखेल भएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।संसदमा पोष्ट बजेटमाथिको छलफलमा भाग लिएका केही सांसदहरुले पनि आलु प्याजको आयात कर घटाउनुपर्ने बताएका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles