वित्तमन्त्री निर्मला सीतारमणले छिमेकी देशहरुलाई दिने आर्थिक सहयोगलाई युनियन बजेटमा निरन्तरतादिएकी हुन् ।यस बजेटमा विदेशी सहायतास्वरुप ५४ अर्ब ८३ करोड छुट्याइएको छ । जुन अघिल्लो वर्षको ४८ अर्ब ८३ करोडको तुलनामा केही बढी हो ।सार्वजनिक बजेट अनुसार भारतले नेपाललाई ७ अर्ब भारतीय रुपैयाँ वित्तीय सहायता प्रदान गर्नेभएको छ ।जुन ११ अर्ब २० करोड नेपाली रुपैयाँ हुन आउँछ ।अघिल्लो बजेटमा पनि भारत सरकारले समान ७ अर्ब भारतीय रुपैयाँ नै नेपाललाई वित्तीय सहायता गरेको थियो ।भुटानले सबैभन्दा बढी २१ अर्ब ५० करोड पाएको छ ।


