गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझामाथि प्रहरीले लछारपछार गर्दै बुटले प्रहार गरेको हो। विमानस्थल प्रहरीका प्रवक्ता एसपी लालध्वज सुवेदीका अनुसार ट्रलीको विषयलाई लिएर विवाद भएको थियो। विवाद भएपछि प्रहरी त्यहाँ पुगेकोमा प्रहरीसँग पनि उनको विवाद भयो। त्यही क्रममा उनले भिडियो खिच्न थालेपछि विवाद चर्किएको थियो। त्यसपछि तीन प्रहरीले उनलाई नियन्त्रणमा लिएर वेटिङ रुममा लगेका थिए। जहाँ उनीमाथि मुक्का र लात्ती प्रहा’र भएको भिडियोमा देखिन्छ। वैदेशिक रोजगारीबाट स्वेदश फर्कँदा आफ्नै देशको विमानस्थलमा प्रहरीबाट दुर्व्यवहार हुँदा दुःख लागेको युवकले बताएका छन् ।
नव जनप्रहारबाट सभार।


