Sunday, April 19, 2026

जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र १८ लाख ८६ हजार जरिवाना असुलउपर गरिएको बताएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध कारोबार, चेक अनादर, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो । प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको बाँकेका प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles