Sunday, May 31, 2026

पतञ्जली जग्गा प्रकरणमा सिआइबीले पनि अनुसन्धान गर्ने:-

ताजा / भरखरै प्राप्त

पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि छानविन गर्ने भएको छ । सो कम्पनीले भारतबाट अवैध रकम भित्राएको आशंकामा सिआइबीले अनुसन्धान अघि बढाउन लागेको हो ।सो कम्पनीले अवैध रुपमा हदबन्दीभन्दा धेरै घरजग्गा खरिद गरेको प्रकरणमा आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।अनुसन्धानको क्रममा सो कम्पनीले एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको खातामा भारतबाट बिप्रेषणका नाममा अरबौं पैसा ल्याएको देखिएको छ ।
कतैबाट अनुमति नलिई सो रकम ल्याएको देखिएकाले नेपाल राष्ट्र बैंक ऐन, बैंकिङ कसुर ऐन तथा विनिमय ऐन आकर्षित हुने भन्दै आयोगले सिआइबीले बिहीबार नै पत्राचार गरेको हो ।बाबा रामदेवले भारतमा कमाएको पैसा लुकाउनका लागि नेपालमा अवैध रुपमा भित्राएर जग्गामा लगानी गरेका हुन् । सो कम्पनीका नाममा दुई हजार पाँच सय रोपनी जग्गा भेटिएको छ । सो कम्पनीका नाइके शालिग्राम सिंह रहेको भनिएको छ, सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles