


मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व बकर ईद – इदुल जोहा आज देशभरका मस्जिद, मदरसा, वा इदगाहमा गएर मनाइँदै छन् ।
इदुल फित्र अर्थात रमजान पर्वको ७५ औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि परम्परा रहेको छ ।
मुस्लिम धर्मावलम्बीहरुले आज बिहान घरमा स्नान गरि नजिकैको मस्जिद वा इदगाहमा गई सामुहिक नमाज पढ्ने गर्छन् ।
नमाज पढिसके पछि एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको चलन परम्परादेखि चलि आई रहेको छ ।


