
रौतहट जिल्लाको बंकुलदेखि नरकटिया जाने सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा परोहा नगरपालिका वडा नं ७ , नरकटिया निवासी रामेश्वर दुसाद का २० वर्षीय छोरा करण पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
प्रहरीका अनुसार नरकटियाबाट बंकुल बजारतर्फ जाँदै गरेको बा ५२ प ७५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुर्घटना भएको राैतहटका प्रहरीले बताएको हो ।
चालक पासवानको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


