Wednesday, June 3, 2026

राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ:-

ताजा / भरखरै प्राप्त

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित समारोहमा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।
यसअघि, राष्ट्रपति पौडेलले नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए। राष्ट्रपति सचिवालयका अनुसार, नेपालको संविधानको धारा १६५ को उपधारा (९) को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारदेखि लागु हुने गरी पदमुक्त गरिएको हो।

सरकारले कानुन विपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । भण्डारी मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति र शपथ विवादमा परेकी थिइन्।

यसअघिका घटनाअनुसार, बिरामी भएको बताउँदै जनकपुरबाट काठमाडौं आएका प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान बर्दिबासको एक होटलमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी थिइन्।
नव जनप्रहार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles