Wednesday, June 3, 2026

पहिले मतदान,पछि, भारतको बिहारमा उत्साहपूर्ण मतदान सुरू:-

ताजा / भरखरै प्राप्त

भारतको बिहारमा पहिले मतदान, पछि जलपान” भन्ने जनचेतनामूलक नारा सम्पूर्ण मतदान केन्द्रहरूमा गुन्जिएको जनाइएको छ । आज बिहानैदेखि मतदाताहरू लामबद्ध भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदान केन्द्रहरूमा पुगेका छन् ।

सीतामढी, मधुबनी, दरभङ्गा, मोतिहारी, रक्सौल, सिकटा, बेतीया, मैनाटार लगायतका ठाउमा मतदान कार्य शान्तिपूर्ण र उत्साहपूर्ण ढंगले जारी रहेको जनाइएको छ। प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदाताहरूलाई सहज वातावरणमा मतदान गर्न सहयोग पुर्‍याइँदै छ।

सीतामढी जिल्लामा “शतप्रतिशत मतदान, सीतामढीको अभियान” शीर्षकमा विशेष अभियान सञ्चालन गरिएको छ, जसअन्तर्गत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र स्वयंसेवकहरूले मतदाताहरूलाई आफ्नो मत अधिकारको प्रयोग गर्न प्रेरित गरिरहेका छन्।

जिल्ला निर्वाचन पदाधिकारी श्रीमती रिची पाण्डेय स्वयं पनि आज बिहान आफ्नै मतदान केन्द्रमा पुगेर मतदान गर्न लाममा उभिइन्। उहाँले नागरिकको हैसियतमा आफ्नो कर्तव्य पूरा गर्दै उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँले सम्पूर्ण मतदातालाई लोकतन्त्र मजबुत बनाउन निष्पक्ष र निर्भय वातावरणमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार बिहानैदेखि मतदानको दर उल्लेख्य रूपमा बढ्दो छ र देशभरका मतदान केन्द्रहरूमा उत्साहजनक भीड रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles