Thursday, April 23, 2026

जिल्ला प्रशासन काठमाडौंद्वारा होली मेला र सांगीतिक कार्यक्रम गर्न रोक:-

ताजा / भरखरै प्राप्त

यस वर्षको होलीमा सार्वजनिक स्थानमा सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार निर्वाचनलक्षित सुरक्षाका कारण यस्तो रोक लगाइएको हो ।

‘खुला सडक तथा सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने लगायतका गतिविधि नगर्न सबैलाई अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा भनिएको छ ।प्रशासनले होली खेल्दा उम्मेदवारको तस्बिर भएको टिसर्ट लगाउन रोक लगाएको छ भने निर्वाचन आचारसंहिताविरुद्धको गतिविधि गर्ने प्रयास नगर्न भनेको छ ।साथै प्रशासनले शान्त पुर्वक आफ्नै घरको वरिपरि मात्र होली खेल्न आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles