आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामाहरुमा सशस्त्र प्रहरी राैतहटले सुरक्षा व्यवस्था कडा पारेको छ।

रौतहट जिल्लाको सीमा क्षेत्रमा तैनाथ नेपाल सशस्त्र प्रहरी बल नेपालले सवारी साधन तथा आवतजावत गर्ने व्यक्तिहरूमाथि कडाइका साथ चेकजाँच गरेहेको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निकायले विशेष सतर्कता अपनाएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनाअनुसार फाल्गुन १८ गतेदेखि २१ गतेसम्म नेपाल–भारत बैरगनीया- गाैर सीमा नाका बन्द रहने जनाइएको छ । सो आदेश लागू हुनुअघि आज स्थानीय बासिन्दाहरू भारततर्फ बजार गर्न जान ठूलो संख्यामा सीमा नाकामा पुगेका कारण भारत तर्फ भारतीय सिमा सुरक्षा द्वारा गाडी प्रवेशमा रोक लगाइएका छन् ।

नेपाल तर्फ सिमा क्षेत्रमा भीडभाड देखिएको थियो, सुरक्षा निकायका अनुसार निर्वाचन नजिकिँदै जाँदा गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको सशस्त्र प्रहरी बल नेपाल राैतहटले जनाएको छ।


