सशस्त्र प्रहरी प्रमुख आईजीपीले सशस्त्र प्रहरीहरुलाई उच्च मनोबलका साथ निर्वाचन सम्पन्न गराउने आदेश दिएको छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको कार्यशैलीले यतिबेला सुरक्षा प्रशासनमा नयाँ मानक स्थापित गरेको देखिन्छ ।
उनको अन्य सुरक्षा प्रमुखहरूको तुलनामा १० पाइला अगाडि देखिनुको मुख्य कारण उनको स्पष्ट अडान र कमाण्डर तहलाई दिइएको सुस्पष्ट कार्यदिशा रहेको छ ।
निर्वाचनलाई बिथोल्न खोज्ने अराजक तत्वहरूप्रति शून्य सहनशीलता अपनाउँदै, आवश्यक परेको खण्डमा कानुनको परिधिभित्र रही बल प्रयोग गर्न उनले दिएको कडा निर्देशनले फिल्डमा खटिने हजारौँ सुरक्षाकर्मीको शिर उच्च बनाएको देखिन्छ । उनले केवल आदेश दिने हाकिम मात्र हुनुहुन्न, बरु आफ्ना मातहतका कर्मचारीहरुलाई “परिस्थिति आएमा पछाडि नहटी अगाडि बढ्न” उत्प्रेरित गर्ने एक वास्तविक अभिभावक बन्नुभएको बताइएको छ। जब एक नेतृत्वले आफ्ना सिपाहीलाई कानुनी संरक्षण र उच्च मनोबलको प्रत्याभूति दिन्छ, तब संगठनको शक्ति स्वतः गुणात्मक रूपमा वृद्धि हुन्छ । सशस्त्र प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी)अर्यालको यो दृढताले निर्वाचनको संवेदनशील समयमा राष्ट्र, लोकतन्त्र र आम नागरिकको सुरक्षा सुनिश्चित गरेको देखिन्छ ।
देशका लागि अहोरात्र खटिने सशस्त्र प्रहरी बलभित्र नयाँ ऊर्जा र आत्मविश्वास भर्ने उनको यो साहसिक कदमको जति प्रशंसा गरे पनि कम हुने, जस्तो लाग छ। कानुनसम्मत कार्यशैली र राष्ट्रप्रतिको अटल निष्ठालाई नै आफ्नो मूल मन्त्र बनाउनुभएका महानिरीक्षक अर्यालको यो कार्यदक्षताले अन्य निकायका लागि समेत एउटा बलियो पाठ सिकाएको छ।
यस्तो कमाण्ड कन्ट्रोल र स्पष्ट भिजनका लागि महानिरीक्षकज्यू साँच्चै धन्यवादको पात्र हुनुहुन्छ, की।


