Saturday, May 30, 2026

बारा क्षेत्र नम्बर चारमा रहबर अन्सारीको विजयी:-

ताजा / भरखरै प्राप्त

हसिलो मुहारसहित मतगणना स्थलमा प्रवेश गरे रहबर अन्सारी, भने— “अब बारा–४ मा काम गरेर देखाउने समय आएको छ”

बारा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नं. ४ को मतगणना स्थलमा उम्मेदवार रहबर अन्सारी उत्साहित हुँदै हसिलो मुहारका साथ प्रवेश गरेका छन्। मतगणना स्थलमा पुगेपछि उनले उपस्थित समर्थक तथा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै जनताको मायाले आफू भावुक बनेको बताएका छन्।

अन्सारीले भने, “यो जनताको माया हो। जति धन्यवाद दिए पनि कमै हुन्छ। तर धन्यवाद दिएर मात्र काम चल्दैन, अब बारा क्षेत्र नं. ४ मा काम गरेर देखाउने समय आएको छ।”

उनले मतदाताले दिएको विश्वासलाई सम्मान गर्दै विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए। मतगणना स्थलमा उनका समर्थकहरू उत्साहित देखिएका थिए भने उनले सबैलाई संयमित रहन आग्रह समेत गरेका छन्।

अन्सारीले आगामी दिनमा बारा–४ को समग्र विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण मतदाता, सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका कर्मचारीप्रति आभार पनि व्यक्त गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles