रौतहट जिल्लाको गौर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुने भएको जनाइएको छ । गौर नगरपालिका बासिन्दाले दिएको माया र समर्थनप्रति धन्यवाद व्यक्त गर्न कार्यक्रम राखिएको आयोजकले जनाएका छन्।
कार्यक्रम मिति २०८२ फागुन २४ गते आइतबार बिहान ७ बजेदेखि गौरस्थित राईस मिलमा हुने बताइएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना गौर नगरपालिका सभापति सूर्यदेव प्रसाद कोईरालाले गरेका हुन्। आयोजकका अनुसार कार्यक्रममा सहभागी भई शुभकामना आदान–प्रदान गर्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेको जनाएको छ ।


