नेपाल प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काको कुशल कमाण्ड र नेतृत्वमा झापा जिल्लामा निर्वाचन शान्तिपूर्ण, सुरक्षित र सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।
चुनावको मुखैमा उहाँको सरुवा भएर झापा पठाइँदा धेरैको ध्यान त्यतातिर केन्द्रित भएको थियो। झापा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँको काँधमा शान्ति, सुरक्षा र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउने ठूलो दायित्व आएको थियो।
विशेषगरी पर्व मेयर बालेन शाह र पुर्व प्रधानमन्त्र केपी शर्मा ओली आमनेसामने हुने भएकाले झापाको चुनाव देशभरको चासोको केन्द्र बनेको थियो ।
यस्तो संवेदनशील अवस्थामा पनि एसपी बसुन्धरा खड्काको दूरदर्शी योजना, प्रभावकारी समन्वय र सशक्त कमाण्डका कारण झापामा कुनै अवरोध बिना निर्वाचन सफलतापूर्वक सम्पन्न भएको सबैमा जानकारी गराइएको छ ।
यस सफलतासँगै देशले नयाँ नेतृत्व पाउने बाटो पनि खुल्यो। शान्तिपूर्ण चुनाव गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा एसपी खड्का सहित सम्पूर्ण सुरक्षाकर्मीहरूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान गर्दै हार्दिक बधाई पनि छ ।
देशको लोकतन्त्रलाई मजबुत बनाउन सुरक्षा निकायको यस्तो समर्पण सधैं प्रेरणादायी रहनेछ, ।


