Saturday, May 30, 2026

पूर्व प्रहरी आईजी ३ पटक हार्दा पूर्व प्रहरी सई भने पहिलोपटक मै सांसद:-

ताजा / भरखरै प्राप्त

भर्खरै सम्पन्न निर्वाचनको मतगणना अन्तिम चरणमा रहेको छ । यस निर्वाचनसमेत गरी तेस्रोपटक चुनावी मैदानमा उत्रिएका नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालको यसपटक पनि संसद् भवन छिर्ने चाहना पूरा हुन सकेन ।

पूर्व आईजी खनाल यसअघि २०७९ सालमा काठमाडौं–६ र २०८० मा तनहुँ–१ को उपनिर्वाचनमा पनि पराजित बनेका थिए । उनी अहिले बारा–४ बाट उम्मेदवार थिए, उनले ४६४ मत मात्र ल्याएका छन् ।

त्यस्तै पूर्व सई शम्भु प्रसाद ढकाल भने पहिलोपटक नै सांसद् बनेका छन् । झापा जिल्ला – ४ बाट उम्मेदवारी दिएका ढकालले ४६ हजार ६ सय ३१ मत ल्याएर विजयी भएको छन् ।

त्यसबाहेक पहिलोपटक चुनाव लडेका पूर्व एआईजी विश्वराज पोखरेल, पूर्व एसएसपी विक्रम थापा र पूर्व डिएसपी गोविन्द पन्थीले पनि जित हात पारेका थिए । उनीहरु सबै जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles