Saturday, May 30, 2026

प्रहरीद्वारा १०७ किलो गाँजा बरामद,दुई जना मानिस पनि पक्राउ:-

ताजा / भरखरै प्राप्त

मकवानपुर,जिल्लाको इलाका मनहरी प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीस्थित भित्रि सडकखण्डमा बाटोमा शंका लागेका अटोलाई चेकजाँच गर्दा १०७ किलो ९१० ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी स्रोतका अनुसार, सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नंको अटोमा लुकाएर ल्याइएको उक्त लागूऔषध बरामद गरिएको हो। पक्राउ पर्नेमा अटोको चालक जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका वडा नं. ६ का ३३ वर्षीय सन्त सिंह लामा तथा ऐ. वडा नं. २ का ३० वर्षीय सन्तबीर मोक्तानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको अटोको रितपूर्वक खानतलासी गर्दा उक्त लागूऔषध भित्र लुकाइएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका दुवैजनाले गाँजा तस्करी गर्ने गरेको जानकारी प्रहरीले पाएको छ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रमुखका अनुसार, “शंका लागेर गरिएको अनुगमन र खानतलासीमा ठूलो मात्रामा गाँजा बरामद भएको हो। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत हेटौडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।”

प्रहरीका अनुसार, बरामद भएको गाँजा बजार मूल्यको करोडौं रुपैयाँ बराबरको हुन सक्ने अनुमान गरिएको छ। यस प्रकारको ठूलो तस्करीले प्रदेश ३ मा लागूऔषधको खपत र तस्करीको समस्या अझै गम्भीर रहेको देखाउँछ।

बरामद गरिएको गाँजा र अटो प्रहरी नियन्त्रणमा राखिएको छ। अनुसन्धान क्रममा पक्राउ परेका व्यक्तिहरूबाट यसअघि अरू कुनै अवैध काम वा तस्करीको प्रमाण भेटिएको भए त्यसको पनि अनुसन्धान भइरहेको छ।

विशेष अदालत मकवानपुरले लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धानको लागि पक्राउ परेका दुवैजनालाई म्याद अनुमति दिएको छ। प्रहरीले यस घटनालाई सम्पूर्ण रूपमा उजागर गर्ने र गाँजा तस्करीको नेटवर्क भत्काउने प्रयास गरिरहेको जनाइएको छ। तर मकवानपुरका सुरक्षाकर्मीहरुको तल देखि माथि सम्म का घुमुवा हरुलाई सेटिङमा मिलाएर धेरै पहिला देखि नै गाँजा तस्करहरुले काम गर्दै आएको छन्” तल देखि माथिसम्म घुमुवाहारु सेटिङ बिगि्रएका कारणले उक्त गाँजा मकवानपुर प्रहरीद्वारा पक्राउ गरिएको एक जना मकवानपुरका स्थानीयले बताउँछन् ।

मकवानपुर जिल्लामा लाखौंलाख बिघा अवैध गाँजेको खेती भएका छन्” डीआईजीलाई एसपीलाई र डीएसपीलगायतका सबै मकवानपुरका प्रहरीहरुलाई थाह छ, तर गाँजा खेतीलाई रोक्न सकेको छैनन् । स्थानीयहरुको आरोप रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles