Saturday, May 30, 2026

प्रहरी जवान सन्देश बहादुर कार्यालयमै मृत फेला:-

ताजा / भरखरै प्राप्त

प्रहरी जवान सन्देश बहादुर चनारा कार्यालय परिसरमै मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरको कार्यालयमा कार्यरत बझाङ्ग घर भएका प्रहरी जवान ३० वर्षका चनारा गएराति मृत भेटिएका हुन् । मृतक प्रहरी जवान कार्यालयको छतबाट खसेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार राति ११ बजे मृतक प्रहरी जवानलाई अर्को सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए । उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरी जवान मृत्युको बारेमा छानबिन गर्न प्रहरी नायब उपरिक्षक (डिएसपी) तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाइएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles