Saturday, May 30, 2026

निर्वाचन सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुलाई अर्यालको धन्यवाद:-

ताजा / भरखरै प्राप्त

“निर्वाचन सुरक्षामा खटिएका ३४ हजार सशस्त्र प्रहरीलाई आइजीपी अर्यालको धन्यवाद:-अनुशासन र तटस्थताले जोगायो लोकतन्त्र’” फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई महानिरीक्षक (आइजीपी) राजु अर्यालले धन्यवाद दिएका छन्। निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरीले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै उनले संगठनका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेका छन् ।

सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा महानिरीक्षक अर्यालले विभागीय प्रमुखहरू, निर्वाचन अनुगमनमा परिचालित वरिष्ठ उपरीक्षक (एसएसपी) तथा उपरीक्षक (एसपी) हरूलाई प्रत्यक्ष रूपमा धन्यवाद दिएका छन् । कार्यक्रममा देशभरबाट भर्चुअल माध्यममार्फत सहभागी भएका विभिन्न प्रदेशका बाहिनीपति, कार्यालय प्रमुख तथा सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरूलाई पनि उनले विशेष रूपमा धन्यवाद ज्ञापन गरेको छन् ।
आइजीपी अर्यालले सशस्त्र प्रहरी संगठन अनुशासन, इमानदारिता र राष्ट्रप्रतिको समर्पणलाई मूल मूल्यका रूपमा आत्मसात गर्दै अघि बढिरहेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई सुरक्षित बनाउन सुरक्षाकर्मीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताएका छन् ।
उनका अनुसार फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षाकर्मीका लागि चुनौतीपूर्ण भए पनि संगठनका कर्मचारीहरूले व्यावसायिकता र जिम्मेवारीका साथ काम गरेकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।

“निर्वाचन जस्तो संवेदनशील समयमा सुरक्षा व्यवस्थापन गर्नु सजिलो काम होइन। तर सशस्त्र प्रहरीका कर्मचारीहरूले उच्च अनुशासन, व्यावसायिकता र राष्ट्रप्रतिको समर्पण देखाउँदै आफ्नो कर्तव्य निर्वाह गरेका छन्,” उनले भनेका छन् ।

उनका अनुसार निर्वाचन अवधिमा देशभर विभिन्न सम्भावित जोखिमहरू रहे पनि सुरक्षाकर्मीको सक्रियता, समन्वय र सतर्कताका कारण कुनै ठूलो अप्रिय घटना हुन नपाएको हो। यसले सशस्त्र प्रहरी कर्मचारीहरूको क्षमता, दक्षता र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको उनले बताएको हो ।

कार्यक्रमका क्रममा आइजीपी अर्यालले संगठनभित्र कार्यरत सबै दर्जाका कर्मचारीलाई आचारसंहिता विपरीत कुनै पनि गतिविधिमा संलग्न नहुन कडा निर्देशन पनि दिएका थिए। उनले संगठनको प्रतिष्ठा कायम राख्न अनुशासन र नैतिकता अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै तटस्थता कायम राख्नु सुरक्षाकर्मीको पहिलो दायित्व भएको बताएका छन् ।

“सशस्त्र प्रहरी बल राज्यको सुरक्षा प्रणालीको महत्वपूर्ण एक अंग हो। त्यसैले संगठनको तटस्थ छवि कायम राख्नु हामी सबैको जिम्मेवारी रहेको उनको भनाईं रहेको छ ।

हो,” उनले भने।

त्यस्तै उनले सीमा क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीहरूलाई सम्बन्धित सरकारी निकाय तथा समकक्षी सुरक्षा निकायसँग समन्वय गरी काम गर्न निर्देशन दिए। सीमावर्ती क्षेत्रमा हुने विभिन्न गतिविधि तथा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सूचनाको आदानप्रदान र संयुक्त समन्वय आवश्यक रहेको उनले बताए।

सरकारले प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। निर्वाचन सुरक्षाका लागि देशभर ३४ हजार ५७६ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

त्यस्तै नेपाल प्रहरीका ७५ हजार ७९७ जना, नेपाली सेनाका ७९ हजार ७२७ जना तथा राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९२१ जना सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिएका थिए। यसबाहेक १ लाख ४९ हजार ९० जना अस्थायी निर्वाचन प्रहरी पनि परिचालन गरिएको थियो।

निर्वाचन जस्तो राष्ट्रिय महत्वको प्रक्रियालाई सुरक्षित बनाउन बहुस्तरीय सुरक्षा व्यवस्थापन गरिएको थियो। मतदान केन्द्र, मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षा तथा सम्भावित संवेदनशील क्षेत्रको निगरानीका लागि सुरक्षाकर्मीहरू चौबीसै घण्टा परिचालित भएका थिए।

सुरक्षा निकायका अधिकारीहरूका अनुसार यसपटकको निर्वाचनमा चार तहको सुरक्षा घेरा बनाइएको थियो। पहिलो घेरामा अस्थायी निर्वाचन प्रहरी, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथो घेरामा नेपाली सेना परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी प्रमुख आईजीपीको भनाईं रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles