काठमाडौंको ललितपुरमा निर्वाचन प्रहरीहरुको भव्य बिदाई:उत्कृष्ट कार्यसम्पादनको प्रशंसा पत्र ।

प्रतिनिधि सभा नि र्वाचन २०८२ का लागि खटिएका निर्वाचन प्रहरी कर्मचारीहरूलाई एक विशेष समारोहका बीच ललितपुर प्रहरीले बिदाई गरेको जनाइएको छ । आज,बिहिवार जिल्ला प्रहरी परिसर ललितपुरको प्राङ्गणमा आयोजित कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई धन्यवाद सहित बिदाई गरिएको छ ।

परिसरका प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले नि र्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई टिका लगाई बिदाई गर्नुका साथै प्रशंसा-पत्र प्रदान गरेका छन् ।


