एक करोड १६ लाख नगदसहित काठमाडौंको नागार्जुनबाट दुई जना हुन्डी कारोबारी प्रहरीद्वारा पक्राउ परेका छन्”५ दिन प्रहरीद्वारा म्याद थप ।

नेपाल प्रहरी ले काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन ८ का २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेका छन् । उनीहरूबाट एक करोड १६ लाख रुपैयाँ नगद बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौं को विशेष टोलीले गोप्य सूचनाको आधारमा मंगलबार उनीहरूलाई सार्वजनिक गर्दै राजधानीमा लामो समयदेखि चलिरहेको अवैध हुण्डी सञ्जालमाथि अनुसन्धान भइरहेको थियो प्रहरीले जनाएको छ।काठमाडौं परिसरको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई काअनुसार पक्राउ परेकाहरू अभौतिक मुद्रा अर्थात् बैंकिङ प्रणालीबाहिर हुने आर्थिक कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएका छन् ।“हामीलाई अवैध हुण्डी कारोबार भइरहेको सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो। निगरानीका क्रममा ठूलो रकमसहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएका छाैँ,” भट्टराईले भने। उनका अनुसार उनीहरूबाट नगद बाहेक हुण्डी कारोबारसँग सम्बन्धित विभिन्न सामग्री तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका चेक, विभिन्न बैंकका चार थान एटिएम कार्ड, एक थान नागरिकता र अन्य कागजात रहेको जनाएका छन् । यसका साथै प्रहरीले चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान र तीन थान सवारी दर्ता किताब पनि बरामद गरेको प्रहरीले बताउँछन् ।प्रहरीले अनुसन्धानका क्रममा उनीहरूबाट विभिन्न कम्पनीका छ थान मोबाइल फोन पनि बरामद गरेको छ । ती मोबाइलमा प्रयोग गरिएका एनसेल र एनटिसीका गरी ३१ थान सिमकार्ड फेला परेको प्रहरीको भनाइ रहेको छ।यसबाहेक कारोबारको विवरण राख्न प्रयोग गरिएको कम्प्युटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार हुण्डी कारोबार सामान्यतया विदेशबाट नेपालमा वा नेपालबाट विदेशमा पैसा पठाउन प्रयोग गरिने अवैध आर्थिक प्रणाली हो। यसमा बैंकिङ प्रणाली प्रयोग नगरी एजेन्टमार्फत पैसा स्थानान्तरण गरिन्छ।यस प्रकारको कारोबारमा वास्तविक पैसा एक ठाउँमा जम्मा हुन्छ भने अर्को ठाउँमा एजेन्टमार्फत बराबर रकम भुक्तानी गरिन्छ। यसले सरकारको कर प्रणालीलाई छल्ने मात्र होइन, गैरकानुनी गतिविधिमा संलग्न रकम लुकाउने माध्यमसमेत बन्ने गरेको छ ।प्रहरीका स्रोत अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि राजधानीमा सक्रिय हुण्डी सञ्जालसँग जोडिएको आशंका गरिएको छ। उनीहरूले प्रयोग गरेका धेरै सिमकार्ड र एटिएम कार्डले ठूलो नेटवर्क सञ्चालन भएको संकेत दिएको अनुसन्धानकर्ताहरू बताउँछन्। प्रहरीका अनुसार हुण्डी कारोबारमा सामान्यतया धेरै नम्बर प्रयोग गरिन्छ। रकम बुझ्ने र पठाउने व्यक्तिसँग अलग–अलग नम्बरबाट सम्पर्क राखिन्छ,” ती अधिकारीले भने।बरामद एटिएम कार्ड र चेकबुकहरूले पनि उनीहरू विभिन्न व्यक्तिको बैंक खातामार्फत कारोबार गरिरहेको काठमाडौं प्रहरीले बताउँछन् ।अदालतबाट पाँच दिनको म्यादप्रहरीले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि अदालतबाट म्याद लिएको छ।जिल्ला अदालत काठमाडौं बाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार अब उनीहरूबाट बरामद मोबाइल, कम्प्युटर र अन्य कागजातको डिजिटल फरेन्सिक परीक्षण गरिनेछ। यसबाट थप व्यक्तिहरूको संलग्नता खुल्न सक्ने अनुमान गरिएको छ । अनुसन्धान अधिकारीहरूका अनुसार पक्राउ परेका दुई जना मात्रै नभई यो कारोबारमा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने सम्भावना रहेको देखिन्छ”बरामद चेक, एटिएम कार्ड र सिमकार्डका आधारमा उनीहरूको सम्पर्क सञ्जाल पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।यदि अन्य व्यक्तिहरूको संलग्नता पुष्टि भए उनीहरूलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ।


