झापा जिल्लाको भद्रपुर नगरपालिका–६ मा लागुऔषधसहित तीन जना नेपाल प्रहरीद्वारा पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो इकाई काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भद्रपुर–६ का श्रवण यादवको घर खानतलासी गर्दा भान्सामा राखिएको प्लास्टिकको बाल्टिनभित्र ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको झापा प्रहरीले जानकारी दिएको छ।


