Saturday, May 30, 2026

जेनजी प्रदर्शनमा हतियार र कार्यालय जोगाउने ६ डीएसपीलाई पुरस्कारको सिफारिस:-

ताजा / भरखरै प्राप्त

जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबीच प्रहरी कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई पुरस्कार सिफारिस गरिएको जनाइएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ६ जना प्रहरी नायब उपरीक्षक डीएसपीहरुलाई पुरस्कारका लागि सिफारिस गरेको जनाइएको छ।

सिफारिस भएएका डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका मधु थापा, मालिगाउँ वृत्तका सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका कृष्णकुमार चन्द र प्रहरी वृत्त ठिमीका नवराज ढुंगाना रहेका छन् । कसैले पुरस्कार पाएको छन् “भने” केही प्रहरी कर्मचारीहरुलाई कारबाहीको सिफारिस पनि गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles